१३ बर्षीया किशोरीको सामुहिक बलात्कार, ३ जना पक्राउ

Posted on: 23 Jun, 2019

असार ८, काठमाडौँ | कैलालीमा १३ वर्षीया किशोरीको सामुहिक बलात्कार गरेको आरोपमा ३ जना पक्राउ परेका छन्।

 धनगढी बस्ने १३ किशोरीलाई बलात्कार गरेको आरोपमा धनगढी उप–महानगरपालिका वडा नम्वर १५ का फट्टुलाल चौधरी, विजय चौधरी र वडा नम्वर ७ मनोहराका झगरु चौधरी पक्राउ परेका हुन्।रातीको समयमा जंगलमा लगेर सामुहिक बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो। 

थप अनुसन्धानका लागि म्याद थप भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव निरिक्षक दक्ष बस्नेतले जानकारी दिए। किशोरीको सेती अस्पतालमा उपचार भईरहेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!