काठमाडौँको कीर्तिपुरमा शंकास्पद वस्तु फेला

Posted on: 25 Jun, 2019

असार १०, काठमाडौँ | काठमाडौंको कीर्तिपुरमा मंगलबार बिहान शंकास्पद वस्तु  भेटिएको छ ।

कीर्तिपुरको नयाँबजारको गेट छेउमा रातो झण्डाले बेरेको वस्तुभित्र बोतलजस्तो देखिने शंकास्पद वस्तु बिहान पाँच बजेर पाँच मिनेटमा भेटिएको हो । महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता होबिन्द्र बोगटीले  सुरुमा बम भनेर अनुमान गरिएको उक्त वस्तु सेनाको टोलीले डिस्पोज गर्न खोज्दा माटो भरेर राखिएको बोतल मात्र भएको भेटिएको छ ।

प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले मंगलबार आह्वान गरेको बन्दमा त्यस्तो प्रकृतिको वस्तु भेटिएपछि कीर्तिपुरका जनताबीच खैलाबैला मच्चिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!