बैतडीमा मौसम परिवर्तनका कारण, बिरामीको सङ्ख्या बढ्यो

Posted on: 25 Jun, 2019

असार १०, काठमाडौँ | गर्मीयाममा जिल्लामा बिरामीको चाप बढ्दै गएको छ । जिल्ला अस्पतालमा हाल दैनिक ८० देखि १०० सम्म बिरामी आउने गरेका छन् ।

 अहिले प्रायः ज्वरोका बिरामी उपचारका लागि आउने गरेका उक्त अस्पतालका चिकित्सक जगदिशचन्द्र विष्टले जानकारी दिनुभयो । गर्मीयाम शुरु भएसँगै बिरामीको चाप बढेको उहाँको भनाइ थियो । बिरामीमध्ये वृद्धवृद्धा र बालबालिकाको सङ्ख्या बढी छ ।

 मौसम परिवर्तनको समयमा सुक्ष्म जीवाणु बढी सक्रिय भएर मानिसमा सङ्क्रमण गर्ने भएकाले यो समयमा बिरामीको चाप बढेको चिकित्सक विष्टले बताउनुभयो । धेरैजसो सङ्क्रमण पानीका कारणले हुने गरेकाले सफा पानी पिउनुपर्नेमा उहाँले जोड दिनुभयोे छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!