बझाङका २ वडा कार्यालयमा आगजनी , एउटामा शंकास्पद बस्तु फेला

Posted on: 25 Jun, 2019

सम्राट सिंह | असार १०, बझाङ | बझाङका २ वडा कार्यालयमा अज्ञात समुहले आगजनी गरेको छ भने बुंगल नगरपालिका ११ को वडा कार्यालयमा शंकास्पद बस्तु फेला परेको छ । शुक्रबार जयपृथ्वी नगरपालिका ३ पडेस र मष्टा गाउँपालिका १ को वडा कार्यालयमा अज्ञात समुहले आगजनी गरेको हो भने बुंगल नगरपालिका ११ को वडा कार्यालयमा शंकास्पद बस्तु फेला परेको हो  । 

जिआइ पाइपमा फिट गरेको अवस्थामा वडा कार्यालयमा शंकास्पद बस्तु भेटिएको स्थानिय शिक्षक तथा वडा कार्यालयका घरपेटी रमेश बोहराले बताए । सो शंकास्पद बस्तुले सानो सानो आवाज दिइरहेको छ उनले भने प्रहरीलाई खबर गरेका छौ प्रहरी टोली घटना स्थल तर्फ आउँदै गरेको छ ।

आगजनी हुँदा जयपृथ्वी नगरपालिका ३ को वडा कार्यालयको ढोका र मष्टा गाउँपालिका १ को वडा कार्यालयको झ्याल जलेर क्षती भएको प्रहरीले जनाएको छ । त्यस्तै स्थानियले वडा कार्यालयमा शंकास्पद बस्तु राखेको खबर गरेपछि प्रहरीको टोली घटना स्थलतर्फ गएको बझाङका डियसपी सुर्य बहादुर केसीले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!