पाँचथरमा शृङ्खलाबद्ध हत्याको कारण पैसा र प्रेम

Posted on: 26 Jun, 2019

असार ११, पाँचथर । जिल्ला प्रहरी कार्यालय पाँचथरका इन्स्पेक्टर नरेन्द्र कुँवरका अनुसार पैसा बोकेर कार्यालय फर्कने क्रममा हिलिहाङ ६ स्थित जंगल बीचमा पर्ने खोल्सामा उनको हत्या भएको थियो । हत्यापछि उनीसँग भएको ८१ हजार ७० रुपैंया लुटिएको थियो । सुजताले पैसा बोकेर कार्यालय फर्कदै गरेको थाहा पाएका लावतीले पैसा लुट्ने उद्देश्यले धारिलो हतियार बोकेर बाटो ढुकेको खुल्न आएको छ । 

‘पैसाकै लागि सुजताको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’, इन्स्पेक्टर कुँवर भन्छन्, ‘सुजताले पैसा बोकेको लावतीलाई थाहा नभएको भए उनको हत्या नहुन सक्थ्यो।’


बमबहादुर फियाकका छोरी ज्वाइँ र नातिनीको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो। प्रहरी अनुसन्धानले फियाककै कान्छा ज्वाइँ मानबहादुर माखिमले नौ जनाको हत्या गरेको पुष्टि गर्‍यो ।

अनुसन्धानमा ससुरा बमबहादुर र कान्छा ज्वाइँ मानबहादुरबीच आर्थिक लेनदेनमा कुरा नमिलेपछि किचलो सुरु भएको खुलेको थियो।सुसरा बमबहादुरले मानबहादुरलाई विदेश जान दिएको पैसा ज्वाइँले फिर्ता नगरेपछि ससुरा ज्वाइँको परिवारमा तित्तता बढेको प्रहरीले जनाएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा भीमकुमार बाँस्कोटाले लेखेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!