सुनको भाउ घट्यो

Posted on: 26 Jun, 2019

असार ११, काठमाण्डौ । लगातार बढिरहेको सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ घटेको छ । 

 बुधबार सुन तोलाको ६५ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो अहिलेसम्मकै महंगो तोलाको ६५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज ५ सय रुपैयाँ घटेको हो । त्यस्तै आज तेजावी सुन तोलको ६४ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । आज चाँदी तोलामा ५ रुपैयाँ घटेको छ । चाँदी आज तोलाको ७ सय ३५ रुपैयाँमा कारोबार भैरहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!