लागुऔषध ओसारपसार गर्ने कञ्चनपुरकी एक किशोरी नुवाकोटबाट पक्राउ

Posted on: 26 Jun, 2019

असार ११, विदुर । नुवाकोटको ककनी गाउँपालिकाबाट तीन किलो २०० ग्राम गाँजा जस्तै देखिने लागुऔषध प्रदार्थ ओसारपसार गर्ने क्रममा एक किशोरीलाई प्रहरीले पक्राउ गरेको छ ।

कञ्चनपुर घर भएकी १७ वर्षीया किशोरीले जेब्रा झोलाभित्र परालले बेरी लुकाएर लादै गरेको अवस्थामा नापतौलअनुसार उक्त तौलको ३४ थान लागुऔषध गाजा बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको हो । 

ककनी–२ स्थित खानी खोलाबाट काठमाडाँैतर्फ लैजाँदै गरेका अवस्थामा लागुऔषधअन्तर्गत मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले बताउनुभयो । लागुऔषध ओसारपसारमा किशोरी मात्र नभई अन्य चार जनाकोसमेत संलग्नता देखिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकाले उनीहरुको खोजी भइरहेको जानकारी दिनुभयो । 

खेलकूद क्षेत्रलाई परिणाम मुखी बनाउँछौं : मन्त्री मगर

खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले खेलकूद क्षेत्रलाई परिणाममुखी बनाउन सरकार योजनाबद्धरुपमा अगाडि बढेको बताउनुभएको छ ।

कञ्चनपुरको भीमदत्तनगरमा प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको समापन समारोहमा आज उहाँले अन्तर्राष्ट्रिय जगत्मा पहिचान गराउने माध्यम खेलकूद भएकाले राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्नका लागि सरकार कटिवद्ध रहेको बताउनुभयो । 

मन्त्री मगरले खेल बहुआयामिक क्षेत्र भएकाले यसलाई लक्ष्य प्राप्ति, आत्म–अनुुसाशित  र व्यवस्थित बनाइने बताउनुभयो । खेलकूद मैदान निर्माण गर्ने र आवश्यक सामग्री उपलब्ध गराउन तीन वटै तहका सरकारमार्फत विभिन्न कार्यक्रम अगाडि बढेको उहाँको भनाइ थियो । 

यसैबीच, मझगाउँ विमानस्थल सङ्घर्ष समितिका पदाधिकारीले मन्त्री मगरलाई विमानस्थलको नक्सासहितको ज्ञापनपत्र बुझाएका छन् । सोही क्रममा बोल्दै खानेपानी मन्त्री मगरले बन्द रहेको मझगाउँ विमानस्थल पुनः सञ्चालनका लागि सक्दो पहल गर्ने बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!