गरिबसंग अध्यक्ष, महिलासंग उपाध्यक्ष, गाउँपालिकाको कार्यक्रम

Posted on: 27 Jun, 2019

असार १२, काठमाडौँ |  डोटीको बोगटान फुड्सिल गाउँपालिकाले आर्थिक बर्ष २०७६/०७७ को बजेटमा ‘गरीबसँग अध्यक्ष’ र ‘महिलासंग उपाध्यक्ष’कार्यक्रम घोषणा गरेको छ | 

मंगलबार गाउँसभामा पेश गरिएको आगामी आर्थिक बर्षको कार्यक्रम तथा वजेटमा यी दुई नयाँ कार्यक्रमहरु समावेश गरिएको छ । गाउँपालिकाभित्रका बिपन्न परिवारलाई प्रत्यक्ष सहयोग पुर्‍याउनका लागि ‘गरीबसंग अध्यक्ष’कार्यक्रम प्रस्ताव गरिएको गाउँपालिकाका अध्यक्ष कमल गड्सिला ‘एनान’ले जानकारी दिएका छन् ।

कार्यक्रमको काम पहिलो गरिब आर्थिक अवस्था कमजोर भएका परिवारका घरका छानामा टिन लागाउने काम हुन्छ | गरिब आर्थिक अबस्था कम्जोर भएका घर परिवारले छाना खरले छाएका छन् राति पानी परेको बेलामा चुहिन्छन ,राम्रो संग बस्न र सुत्न पनि पाउदैनन त्यसकारण यो कार्यक्रम ल्याएको  जानकारी उनले दिए |

उनले गाउँपालिकाले गरीव परिवारको सूचीकरण गरी साँझ बिहान छाक टार्न पनि धौ धौ भएका परिवारहरुलाई उत्पादनमूलक क्षेत्रमा जोड्ने गरी कार्यक्रम बनाइने बताए । ‘विपन्न परिवारका बालबालिकाहरुको शिक्षा, स्वास्थ्यको बिषयमा पनि गाउँपालिकाले ठोस नीति बनाउने छ’अध्यक्ष एनानले भने ‘गाउँपालिकाले पहिलो प्राथमिकता उनीहरुको घर मर्मतलाई दिन्छ ।’

 अर्को कार्यक्रम “महिलासंग उपाध्यक्ष” मा महिलाहरुको क्षमता विकास, प्राविधिक शिक्षासम्मका क्रियाकलापहरु यस कार्यक्रममा समावेश गर्ने योजना रहेको उपाध्यक्ष भगवती बमले बताइन् । पहिलो प्राथमिकता महिलाहरुको क्षमता विकासमा दिइनेछ |

महिलाहरुलाई उत्पादनमा सहभागि गराउँदै आत्मनिर्भर बनाउने उद्देश्य अनुरुप यो कार्यक्रम ल्याइएको हो | गाउँ कार्यपालिकाले ‘गरीबसंग अध्यक्ष’कार्यक्रमका लागि ५० लाख र ‘महिलासंग उपाध्यक्ष’कार्यक्रमका लागि १२ लाख रुपैयाँ बजेट प्रस्ताव गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!