बर्दियामा पत्नीलाई कुटपिट गरि हत्या गरेको आरोपमा पति पक्राउ

Posted on: 28 Jun, 2019

असार १३, बर्दिया । मधुवन नगरपालिका–९ बस्ने ४५ वर्षीया पत्नी दिलमाया देशुवा मगरलाई आफ्नै श्रीमान्ले बिहीबार कुटपिट गरेर हत्या गरेको आरोपमा पतिलाई प्रहरीले पक्राउ गरेको छ ।

दिलमायालाई श्रीमान् केशरबहादुरले मुक्का तथा लाठीले कुटपिट गरेर बेहोश बनाएको र जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीमतीको हत्या गरेको आरोपमा ५० वर्षीय केशरबहादुरलाई प्रहरीले पक्राउ गरेको छ ।

हेटौँडाबाट मृतकका माइतीपक्ष आएपछि आज नै शव परीक्षण गरी अन्तिम संस्कारका लागि बुझाइएको प्रहरीले जनाएको छ । पीडित पक्षबाट आरोपित विरुद्ध आज उजूरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक लक्ष्मण वलीले जानकारी दिनुभयो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!