सप्तरीमा दुर्घटनामा एकजनाको मृत्यु

Posted on: 29 Jun, 2019

असार १४, राजविराज । भारदह सडकखण्ड अन्तर्गत सप्तरीको सकरदही पुलमा मोटरसाइकल ठोक्ँिकदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हनुमाननगर कङ्कालिनी नगरपालिका–११ सखुवा बस्ने २५ वर्षीय अर्जुनराम रहेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिनुभयो ।  सो दुर्घटनामा परी गम्भिर घाइते अर्जुनरामलाई उपचारको लागि विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरिए पनि उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक रिमालले बताउनुभयो ।  

हनुमाननगरबाट भारदह जानेक्रममा स ४ प ८६२ नं को मोटरसाइकल हनुमानगर कङ्कालनी नगरपालिका– २ स्थित सकरदही पुलमा आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!