एमाले विना अरु पार्टीले मूलुक सम्हाल्न सक्दैन : श्रेष्ठ

Posted on: 09 Jan, 2016

UML Ramechhap प्रज्वल पौडेल । पुस २५, रामेछाप । नेकपा एमाले सैपु गाउँ कमिटि रामेछापको साँतौ गाउँ अधिवेशन बुधबार सम्पन्न भएको छ । अधिबेशनको नेकपा एमाले वैकल्पिक केन्द्रिय सदस्य देवशंकर पौडेलले उट्घाटन गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालि जनतालाई नाकाबन्दी गरेर भारतले आफ्नो औकात देखाएको बताउनुभएको छ । पौडेलले भुकम्पपछि राहातको नाममा भारतले केहि हेलिकप्टर गाउँमा घुमाएपनि स्वार्थको भावना रहेछ भन्ने कुरा नाकाबन्दिबाट स्पष्ट भएको बताउनुभयो । यस्तै एमाले जिल्ला कमिटि रामेछापका सचिब आनन्द श्रेष्ठले जनताको सामाजिक आर्थिक समृद्धिलाई उकास्न एमालेले मात्र सक्ने दाबि गर्नुभएको छ । राज्यको नयाँ पुर्नसंरचना अनुसार एमाले पार्टी अगाडि बढिरहेको भन्दै नेता श्रेष्ठले एमाले विना अन्य पार्टीले मूलुकको बागडोर समाल्न नसक्ने धारणा राख्नुभयो । स्थानीय स्तरमा उत्पादन हुने श्रेष्ठले खाध्य उत्पादन, उद्योग धन्दालाई निर्यात गर्ने बाताबरण सिर्जना गर्नुपर्ने बताउदै श्रेष्ठले स्थानिय स्तरमा केन्द्रीत कार्यक्रम, आर्थिक समृद्धिका लागि आधुनिक र ब्यबसायिक कृषि प्रणालिलाइ जोड दिनुपर्ने धारणा राख्नुभयो ।

uml Ramechhap 2

त्यसैगरि कार्यक्रममा स्थानिय नेताहरुले बिजुलिकोट गाबिसका स्थानिय बासिन्दाले सैपु –दिलौरी सडक खुलाउन नदिएको भन्दै चर्काे आलोचना गरेका छन् । उनीहरुले सडक सुचारु गर्न प्रशासनले सहयोग नगरेको गुनासो गरेका छन् । कार्यक्रममा काङग्रेस तथा एमाओबादिका करिब ३ दर्जन कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् ।

यसैविच दुर्गाप्रसाद पौडेललको अध्यक्षतामा २५ सदस्यीय नयाँ गाउँ कमिटि गठन भएको छ । कमिटिको उपाध्याक्ष बेदबहादुर पौडेल र प्राप्ती सुनुवार ,सचिव टीका बहादुर कार्की र सहसचिवमा छविरमण निरौला रहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!