नेपाली काङग्रेसका नेता गणेशमान सिंहको शालिक अनावरण

Posted on: 30 Jun, 2019

असार १५, बुटवल | नेपाली काङग्रेसका नेता स्व. गणेशमान सिंहको आज बुटवलमा शालिक अनावरण गरिएको छ ।

 नेपाली काङग्रेस नगर समिति बुटवलको परिसरमा निर्माण भएको शालिकको उहाँका सुपुत्र तथा नेपाली काङग्रेसका नेता प्रकाशमान सिंहले अनावरण गर्नुभएको हो । सो अवसरमा बोल्दै नेपाली काङग्रेसका नेता प्रकाशमान सिंहले सरकारले लोकतान्त्रिक संविधानलाई संस्थागत गर्न नसकेको आरोप लगाउँदै सुशासनमा सरकार असफल भएको दाबी गर्नुभयो ।

कार्यक्रममा काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणलगायतले बोल्दै काङ्ग्रेसभित्रको कमजोरीको समीक्षा गर्नुपर्ने बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!