महिलाको दिउँसै घाँटी रेटेर हत्या

Posted on: 30 Jun, 2019

असार १५, काठमाडौँ | भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रको पछाडि आज दिउँसो एक महिलाको घाँटी रेटेर हत्या गरिएको छ । 

ज्वाइँको घरमा बस्दै आउनुभएकी ६० वर्षीया सावित्री भट्टराईको घाँटी रेटेर हत्या भएको भक्तपुर महानगरीय प्रहरी परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सवीन प्रधानले जानकारी दिनुभयो । ज्वाइँ सोनाम थापा मगरको नयाँ बनेको ढेडतले घरमा बस्दै आउनुभएकी भट्टराईको हत्या भएको हो । प्रहरी उपरीक्षक प्रधानले  प्रारम्भिक अनुसन्धानमा घरमा कोही नभएको अवस्थामा बिहान करीब १०ः३० बजेपछि मोटरसाइकलमा आएका तीन युवा घरभित्र पसेर हत्या गरेको देखिन्छ भन्नुभयो  । 

प्रहरीले घटनाको दिउँसो १ बजे मात्रै जानकारी पाएपछि प्रहरी परिसर भक्तपुर, अपराध अनुसन्धान महाशाखाको टोलीले घटनास्थलको अनुसन्धान गर्दै मुचुल्का उठाउने काम गरेको उहाँले जानकारी दिनुभयो । कोठाभित्रै गएर हत्या भएको जानकारी दिँदै उहाँले हत्यामा संलग्नको खोजी भइरहेकोे बताउनुभयो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!