डोटीमा जीप दुर्घटना हुँदा ६ जना घाइते एक जनाको अवस्था गम्भीर

Posted on: 01 Jul, 2019

असार १६, डोटी |  डोटी  जिल्लाको पश्चिमी क्षेत्रस्थित आदर्श गाउँपालिकामा आज बिहान जीप दुर्घटना हुँदा छ जना घाइते भएका छन् । उक्त गाउँपालिकाबाट सायल गाउँपालिकातर्फ जाँदै गरेको से १ च ९१७ नं को जीप गजेडा भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

घाइते छमध्ये चालक कटक सितालको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिनुभयो । भिरालो तथा चिप्लो सडक भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । घाइतेहरुलाई उपचारका लागि अस्पताल ल्याउने तयारी भइरहेको दिपायलस्थित इलाका प्रहरी कार्यालयका प्रमुख कमलापति पन्तले जानकारी दिनुभयो । जीप सडकबाट करीब पाँचसय मिटर तल खसेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!