डोटीको सेती नदीमा एक जना वेपत्ता

Posted on: 01 Jul, 2019

असार १६, काठमाडौँ |  डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ कुण्जेडी गाउँका ४० वर्षीय चक्रबहादुर कुण्जेण्जेडा मलामी गएका बेला नुहाउने क्रममा  डोटीको सेती नदीमा वेपत्ता भएका हुन् । 

नगरपालिकाको वडा नम्बर ५ सेती नदी पुल नजिकैबाट उनी वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक लाल बहादुर धामीले  बताए । उनी आज दिउँसो साढे १२ बजे तिर नदीमा वेपत्ता भएका हुन्।

 उनको खोजी भइरहेको धामीले बताए। यो वर्ष मात्रै सेती नदीमा बगेर ९ जनाको मृत्यु भईसकेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!