परपुरुषसंग अनैतिक सम्बन्धको लागि आफ्नै आमा मार्ने छोरी यिनै हुन्

Posted on: 01 Jul, 2019

असार १६, काठमाडौँ | जन्मदिने आमाको लागि यस संसारमा आफ्नो सन्तान भन्दा प्रिय अरु कोहि हुन सक्दैन ! आफ्नो पेट भोको राखेर छोराछोरीको भविष्यको लागि अनेकौ बाधा अड्चन सहेर संसारमा बाच्न सिकाउछिंन | डुब्न लागेको घाम जस्तै बुढेसकालमा सहाराको निम्ति आफ्ना जन्माएका छोराछोरीको सहारा लिन पुग्छन | 

तर जन्माएका ति छोरा छोरीले आफैलाई मार्न सम्म पुग्छन भन्नेकुरा साहेत जन्मदिने आमाले कहिल्यै सोच्न पनि सक्दैन्न |  तर भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका–७, खरिपाटीमा छोरीको डेरामा बस्दै आएकी सिन्धुपाल्चोकको बोडेगाउँकी ६० वर्षीया सावित्री भटराईलाई यस्तै भयो ,जुनकुरा जन्मदिने जोकोही आमाले सोच्न सक्दैनन्  | परपुरुष संगको अनैतिक सम्बन्धको लागि र आफ्नो केहि स्वार्थको लागि आफुलाई जन्मदिने आमा ,संसारमा पाइला टेकाउने आमाको ह्त्या गर्न लाखौ खर्च गर्न पनि तयार भईन आफ्नै छोरी |

मंगलबार भएको सावित्रीको हत्यामा  संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको पुरानो ठिमी बस्दै आएका २३ वर्षीय मोहम्मद नौसाद, भारतका २४ वर्षीय अर्जुन कुमार भनिने भोला कुमार, भारतकै २४ वर्षीय मोहम्मद रहिश र मृतककी छोरी २७ वर्षीय ईश्वरी भट्टराई रहेका छन् । 

मृतककी छोरी ईश्वरी भट्टराई र मोहम्मद नौसादबीचको सम्बन्धको बारेमा साबित्रीले थाहा पाएपछि कुरा बाहिर आउछ भन्ने डरले उनकाे हत्या गरिएकाे प्रहरीले जनाइको छ । आमालाई मार्न भनी ईश्वरीले १२ लाख रुपैयाँ दिई भारतबाट मोहम्मद रहिश र भोला कुमारलाई बोलाएकी थिइन् । साबित्रीलाई बिहान ११ बजेतिर मोटरसाइकलमा आएका दुई हतियारधारीले घाँटी रेटी हत्या गरेर भागेका थिए | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!