बैतडीमा बालुवा खानीमा च्यापिएर एक महिलाको ज्यान गयो, ३ जना घाइते

Posted on: 01 Jul, 2019

कृष्ण बिष्ट | असार १६, बैतडी | बैतडीको सिगास गाउपालिका वडा नं ९ को एक बालुवाखानीमा च्यापिएर बझाङ्की एक महिलाको ज्यान गएको छ । बझाङ्को वित्थडचिर गाउँपालिका–५ ओसैलकी  ३५ वर्षीया चाखुडी महरको ज्यान गएको सिगास गाउपालिका वडा नं ९ की वडा अध्यक्ष लक्ष्मी चन्दले बताउनुभयो । 

त्यही वडाका ३० वर्षीया गम्भा महर, ३६ वर्षकी कुटुरी महर र २८ वर्षका हरिभान महर गम्भीर घाइते भएको वित्थड प्रहरी चौकीका प्रहरी साहायक निरीक्षक धनञ्जय जोशीले जानकारी दिनुभयो । 

घाईते भएका तिन जनालाई देउलेख प्राथमिक स्वास्थ केन्द्रले सामान्य उपचार पछि रिफर गरेको छ । गम्भीर घाइते कुटुरी देवि महरलाई नेपालगन्ज रिफर गरिएको छ, भने गम्भा देवि महर र हरिभान महरलाई डडेलधुरा अस्पताल रिफर गरेको हो । 

महरको शव पोस्टमार्टमको लागि प्राथमिक स्वास्थ केन्द्र देउलेखमा राखिएको छ । 

बझाङको बित्थडचिर गाउँपालिका वडा नम्बर ५ मा निर्माण भईरहेको स्वास्थ चौकी भवन निर्माणको लागि बालुवा लिन गएका उनीहरुको बालुवा निकाल्ने क्रममा बालुवाको ढिस्को नै भत्किँदा ज्यान गएको हो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!