बझाङमा बालुवाको ढिस्कोले पुरिएर १ को मृत्यु ३ जना घाईते

Posted on: 01 Jul, 2019

असार १६, बझाङ  | बझाङको बित्थड चिर गाउँपालिका ५ ओसैलमा सोमबार बालुवा खानी भत्केर एक महिलाको मृत्यूु भएको छ  | तीन जना घाईते भएका छन् । 

उक्त घटनामा मृत्यु हुनेमा बित्थड चिर गाउँपालिका ५ ओसैल घर भएकी बर्ष ३५ की चाखुडी महर रहेकी छन् । घटनामा सोही गाउँका बर्ष ३० की गम्भा महर , बर्ष ३६ की कुटुरी महर र बर्ष २८ का हरिभान महर रहेको बित्थड प्रहरी चौकीका प्रहरी साहायक निरीक्षक धनन्जय जोशीले जानकारी दिएका छन्  ।

बित्थड चिर गाउँपालिका ५ मा  निर्माण भइरहेको  स्वास्थ्य चौकीको भवनको  मजदुरी काम गरिरहेका  उनिहरु बालुवा निकाल्ने क्रममा माथीबाट ढिस्को खसेर पुरिएका हुन् । स्थानीयले देखेपछि पुरिएका  मध्य तिनै जनालाई बालुबाको ढिस्कोबाट निकालेर उद्घाटन  गरेका थिए ।  एक जनालाई समयमै निकाल्न नसक्दा मृत्यु भएको थियो । 

ढिस्कोले पुरिएर गम्भीर घाईते तिनै जनालाई स्थानीय देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ  । मृतकको पोष्टमाटमका लाष् देलेख प्राथमिक स्वास्थ्य चौकीमा लगिएको प्रहरीले बताएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!