बझाङमा होटलमा सुतेकों अवस्थामा सर्पले टोक्दा एक युवकको मृत्यु

Posted on: 02 Jul, 2019

सम्राट सिंह |  असार १७, बझाङ | बझाङ  जिल्लाको केदार स्यू गाउँपालिकाको देउरा स्थित अरुण होटलमा सुतीरहेको अवस्थामा सर्पले टोक्दा एक युवकको मृत्यु भएको छ । मंगलबार सर्पले टोकेर मष्टा गाउँपालिका १ डुग्री घर भएका १९ बर्षिय पवन रोकाया मृत्यु भएको हो ।

सोमबार राती होटलमा सुतीरहेको अवस्थामा सर्पले रोकायाको कानमा टोक्दा राती नै उनलाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याइएको थियो ।

राती सर्पले टोक्दा तत्काल उपचारका लागि जिल्ला अस्पताल ल्याएको थियो मंगलबार बिहानै उपचारका क्रममा अस्पतालमा नै रोकायाको मृत्यु  भएको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!