सावधान ! यस्ता रोगका बिरामीहरुले भुलेर पनि नखानुहोस् आँप

Posted on: 02 Jul, 2019

एजेन्सी । बच्चादेखि बुढासम्म सबैलाई मनपर्ने फलको रुपमा चिन्छौ हामी आँपलाई | गर्मी महिनामा आँप सहज रुपमा पाइन्छ । यो फल स्वास्थ्यका लागि पनि राम्रो मान्निछ तर मानिसहरुमा केही यस्ता रोगहरु हुन्छन् जसका कारण आँप खानु उचित मानिदैन । आउनुहोस् कुन रोग लाग्दा आँप खान हुँदैन जान्नुहोस्।

१. डायबिटीज:- जो व्यक्तिहरुलाई डायबिटीजको समस्या छ उनीहरुले आँप खानु हुँदैन । आँप धेरै नै गुलियो हुने भएका कारण शरिरमा सुगर लेभल बढ्छ ।

२. मोटोपन:- जो मानिसहरुको तौल धेरै छ उनीहरुले समेत आँप खानुहुँदैन । यसमा धेरै सुगर र क्यालोरी हुन्छ । यसका कारण झन् तौल बढ्ने गर्छ ।

३. पेटको समस्या:- आँपमा फाइवरको मात्रा धेरै हुन्छ । यसले शरिरमा अत्यन्त गर्मी पैदा गर्छ । मानिस जसमा पेटको समस्या छ उनीहरुले पनि आँप खानु हुँदैन ।

४. एलर्जी:- आँप छिटो पाक्न क्यालसियम कार्वाइडको प्रयोग गरिन्छ । जो मानिसहरुलाई एलर्जीको समस्या छ उनीहरुले आँप खानुहुँदैन ।

५. मुखको छाला जाने समस्या:- आँपले शरिरमा गर्मी पैदा गर्छ । यसका कारण ओठमा छाला जाने समस्या देखिन्छ ।

६. मुटुको रोगी:- यसमा पोटासिशयमको मात्रा ज्यादा हुन्छ । आँप धेरै खाँदा शरिरमा कोलेस्ट्रोल बढ्ने गर्छ । यसले मुटुमा समस्या गर्छ ।

७.अस्थमा:- अस्थमा भएका बिरामीहरुले पनि आँप खानु हुँदैन । यसमा एनाकार्डिक एसिड हुन्छ । यसले सास लिन समस्या पैदा गर्छ ।

८. दाँत:- आँपमा भिटामिन–सी हुन्छ । यसको अधिक सेवनले भिटामिन सीको मात्रा बढ्छ । जसका कारण दाँतमा नोक्सान पुर्याउने काम गर्छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!