न्यानो कपडा खरिद गर्न दिईएको १० हजार राहत वितरण रामेछापमा सम्पन्न

Posted on: 09 Jan, 2016

प्रज्वल पौडेल । पुस २५, रामेछाप । रामेछाप जिल्लामा सरकारले भुकम्प पिडितलाई न्यानो कपडा खरिद गर्नको लागि प्रति घरपरिवार १० हजार राहत वितरण कार्य सम्पन्न भएको छ ।

रामेछाप जिल्लाको २ नगरपालिका र ४५ गाविसका ४९ हजार ६ सय ९ भुकम्प पिडित परिवारहरुलाई ४९ करोड ६० लाख ९० हजार रकम वितरण गरिएको जिल्ला प्रशासन कार्यलय रामेछापले शनिबार जारी गरेको विज्ञप्ती मार्फत जनाएको छ । यसैगरी नक्कली पिडित भनि परेका अधिकांश उजुरीको छानविन गरी टुङगो लगाइसकिएको र बांकी केही उजुरी उपर छानविन समेत भइरहेको जिल्ला दैवी प्रकोप उद्दार समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले जानकारी दिएका छन् ।

रामेछाप जिल्लामा यस पटकको राहत वितरण कार्य सरकारले निर्धारण गरेको समयावधि भन्दा तीन दिन अगावै सम्पन्न भएको प्रशासनले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!