बैतडीमा बिद्यालय गेट बाटै बालिका बेपत्ता

Posted on: 03 Jul, 2019

कृष्ण बिष्ट | असार १८, बैतडी | बैतडीमा  एक ८ वर्षीय वालिका मंगलबार देखि बेपत्ता भएकी छिन । जिल्लाको दोगडाकेदार गाउपालिका २ ढिक्कगाड घर भइ दशरथचन्द नगरपालिका ४ बमरोडामा बुवा खडक सार्की सँगै डेरा गरी बस्दै आएकि कक्षा १ मा अध्यानरत ८ वर्षीय बालिका कलावती सार्की हिजो बिहान ८ बजे देखि बेपत्ता भएकि हुन । 

बुबा खडकले दशरथचन्द नगरपालिका ४ डोबरा स्थित ईश्वर आधारभुत विद्यालयको गेट बाहिर पुर्याएर काममा फर्कीएका थिए । छुट्टी भएइपछि पनि डेरामा छोरी कलावती नफर्कीएपछि बुवा खडकले  प्रहरीलाई सम्पर्क गरेका थिए । प्रहरीका अनुसार कलावति बिद्यालयमा नआएको शिक्षकहरुले बताएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रबक्ता दिपक पातलीले जानकारी दिनुभयो । 

फेला पर्नुहुने जो सुकैले प्रहरीको टोल फ्री नं १०० मा सम्पर्क गर्न आग्रह गरिएको छ । 

माथिको तश्वीरमा: बेपत्ता बालिका कलावती सार्की 

यस बिषयमा तपाइको प्रतिक्रिया...!