लिबियामा हवाई आक्रमणमा परी ४० आप्रवासी मारिए

Posted on: 03 Jul, 2019

असार १८, त्रिपोली । लिबियामा आप्रवासीहरू बस्ने ठाउँमा भएको हवाई आक्रमणमा परी बुधबार कम्तीमा ४० आप्रवासी मारिएका छन् । राजधानी त्रिपोलीको पूर्वी तजोरामा रहेको बन्दीगृहमा भएको आक्रमणमा परी अरू ८० जना घाइते भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । 

संयुक्त राष्ट्रसङ्घको समर्थन रहेको सरकारको स्वास्थ्य मन्त्रालयका प्रवक्ता मालेक मेर्सेकले ४० जनाको मृत्यु भएको र ८० भन्दा बढी घाइते भएको पुष्टी गर्नुभयो । 

युरोप जानका लागि लिबियालाई बाटो बनाएकाहरू बसेको ठाउँमा आक्रमण भएको हो । आक्रमणका बेलामा १२० जना आप्रवासी बन्द कोठाभित्र रहेका थिए । 

राष्ट्रसङ्घले सघाइरहेको प्रधानमन्त्री फयेज अल सेरा नेतृत्वको राष्ट्रिय सहमतिको सरकारले यो आक्रमणमा स्वघोषित लिबियन नेशनल आर्मी (एलएनए) लाई दोष लगाएको छ ।

आक्रमणको राष्ट्रसङ्घलगायत थुप्र्रै अन्तर्राष्ट्रिय सङ्घसंस्था र विभिन्न देशहरूले निन्दा गरेका छन् । उनीहरूले यो आक्रमणलाई अमानवीय र पाशविक आक्रमणको संज्ञा दिएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!