नमूना दीप युवा क्लबको छैठौ साधारणसभा सम्पन्न

Posted on: 09 Jan, 2016

club news

प्रज्वल पौडेल । पुस २५, रामेछाप । नमूना दीप युवा क्लब बानेश्वर काठमाण्डौको छैठौ साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाले विष्णु पौडेलको अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्यसमिति समेत चयन गरेको छ । नव गठित समितिको उपाध्यक्ष मिना पौडेल, सचिव निरोज पौडेल, सहसचिव प्रज्वल पौडेल, कोषाध्यक्ष कञ्चन बस्नेत रहनुभएको छ ।

साधारण सभा क्लबका अध्यक्ष सन्तोष पौडेलको सभाअध्यक्षमा भएको हो । नमूना दीप युवाक्लबको शाखा कार्यलय सैपू रामेछापमा समेत रहेको छ । क्लबले सामुदायिक सुचना केन्द्र संचालनका लागी सार्क फण्डको लगानिमा ४ कोठे पक्की भवन निर्माण गरेको छ । सामुदायिक सूचना केन्द्र मार्फत ग्रामीण भेगका नागरिकका लागी कम्प्युटर कक्षा समेत संचालन गर्दै आएको छ ।

यसैगरी खेलकुद, सामाजिक, आर्थिक क्षेत्रको विकासको लागी क्लबले महत्वपूर्ण भुमिका खेल्दै आएको छ । यस्तै क्लबको सदस्यहरुले आर्थिक समृद्धिका लागी स्थापना भएको संरचना बचत तथा ऋण सहकारीको छैटौ साधारण सभा समेत शनिबार नै सम्पन्न भएको छ ।

club news_2

यस बिषयमा तपाइको प्रतिक्रिया...!