बिवाहका बिषयमा बिवाद आएपछि ललिताको हत्या गरेको खुलासा

Posted on: 04 Jul, 2019

सुनिल कुँवर | असार १९, काठमाडौँ | असार १६ गते बझाङको बुङ्गल नगरपालिका २ दहबगर बस्ति घर भएकी २० बर्षिय  ललिता कुमारी धामी राति खोचेभगाड टाँन्का स्थित सडकमा  मृतक भेटिय पछि घटना रहस्यमय बन्दै गएको थियो | 

कालंगा हाइड्रो प्रा लिमा काम गर्दै आएका जेसिबीका चालक डडेल्धुराको परशुराम नगरपालिका ५ जोगबुडा बस्ने २६ बर्षिय माधब बोहराले हत्त्या गरेको स्वीकारेका छन् | 

ललिता स्थानीय महेन्द्र उमावि गिरौको  कक्षा १२मा अध्ययनरथ थिइन् | मृतक अबस्थामा भेटिय पछि प्रहरीले शंकास्पद व्यक्तिको खोजि गरिरहेको थियो | प्रहरीका आनुसार ललिताको प्रेम सम्बन्ध माधब संग रहेको बुझीएको छ | स्थानीयले पनि बेलाबेलामा माधवले ललितालाई फोन गर्ने गरेको बताएका थिए |

 ललिता र माधव विच विवाह गर्ने विषयमा विवाद भए पछि माधव बोहराले  हत्या गरेकाे हुँ भनी स्वीकार गरेका छन् । उक्त हत्त्या स्विकार गरे पछि बोहरा लाई ज्यान सम्बन्धि कसुरमा मुद्दा  दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!