एकाबिहानै त्रिशूली नदीमा ट्रक खस्यो, दुईको मृत्यु

Posted on: 05 Jul, 2019

असार २०, चितवन | चितवनमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान ५:४५ बजे मुग्लिनबाट काठमाडौँ जाँदै गरेको ना ७ ख ६७६५ नम्बरको इँटा बोकेको ट्रक पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ चुम्लिङटार नजिकैबाट त्रिशूली नदीमा खसेको हो । उक्त दुर्घटनामा परि दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । 

दुर्घटनामा परि एक जना भने घाइते भएका छन् । घाइतेको उद्धार गरी उपचारका लागि भरतपुर पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । 

प्रहरीका अनुसार घाइते र मृतक दुवैको परिचय खुलेको छैन । अहिले नदी किनारबाट मृतकको शवलाई बाहिर निकाल्ने प्रयास भइरहेको छ । थप विवरण आउन बाँकी छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!