घुस लिएको आरोपमा मुद्दा दायर

Posted on: 05 Jul, 2019

असार २०, काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिका–९ गौशालाका कार्यालय सहयोगी गोविन्द खड्का विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार आरोपी खड्काले व्यवसाय सञ्चालन गरेबापत वडा कार्यालयमा नियमानुसार तिर्नुपर्ने रकम तिर्न जाँदा कार्यालय सहयोगी खडका्ले रु दश हजार घुस मागेको अभियोग लागेको छ । कर तिर्ने काममा सहजीकरण गरिदिने भन्दै खडकाले घुस मागेको आयोगले जनाएको छ ।

 यस्तै आयोगले जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी हवल्दार आकाशदीप सिंहसहित दुई जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार कागजात नभएको मोटरसाइकल चलाउँदै आएका सुनिल न्यौपानेलाई जरिवाना बापतको रु दुई सयको चिट हवल्दार सिंहले काटेको घटनाक्रमबाट खुलेको छ । 

न्यौपानेले कागजात नभएको भन्दै रु २०० चिट काट्दा आफू पत्रकार भएको र भिडियो खिचेको बताउँदै सार्वजनिक रुपमा प्रचारप्रसार गरिदिने धम्की दिएका थिए । भिडियो प्रसारण नगरिदिन भन्दै हवल्दार सिंहले पटक-पटक गरी न्यौपानेलाई रु एक लाख उपलब्ध गराएका थिए । 

आयोगले हवल्दार सिंह र न्यौपानेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगले उनीहरु विरुद्ध बिगो असुल र कैद सजायको समेत माग गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!