ललिताको हत्यारा कारबाहीको माग गर्दै कालंगा हाइड्रोपावर तोडफोड, करोडौंको क्षेति

Posted on: 05 Jul, 2019

सुनिल कुँवर | असार २०, काठमाडौँ  ललिताको हत्यारालाई कारबाहीको माग गर्दै बिद्यार्थीहरुले शुक्रबार कालंगा हाइड्रो पावर तोडफोड गरेका छन्  | बझाङको बुङ्गल नगरपालिकामा रहेको कालंगा हाइड्रोको पावरको मुख्य कार्यालय डौडेक र अर्को कार्यालय बिराबगरमा तोडफोड गरेको कालंगा हाइड्रोपावरका संचालक हेमन्त सिंहले जानकारी दिएका छन् | 

साझा सवाल मिडियाले  हाइड्रो पावरको कति क्षति भएको भन्ने बिषयमा प्रश्न गर्दा उनले  भने " यतिनै क्षति भएको भन्ने अबस्था नभएको भएपनि लगभग दस करोड जतिको क्षतिभएको छ, पुरै ध्वस्त भईसकेको छ, आज काठमाडौँबाट हाइड्रोका अन्य मान्छे आउदैछन्, भोलि बैठक बसेर अब के हुन्छ निर्णय गर्छौ"  |

तोडफोडमा मानवीय क्षति भने कुनै  नभएको इलाका प्रहरी कार्यालय बुंगलका इन्चार्ज जनक धामीले जानकारी दिए | उनका अनुसार हाइड्रोका गाडी, कार्यालय र अन्य भौतिक समानहरुभने पुरै क्षति भएको छ | के कति क्षति भयो भन्न सकिने स्थिति भने छैन | आन्दोलनरत् बिद्यार्थीहरुले आज बिहान बझाङको बुङ्गल नगरपालिकाको कार्यालय  घेराउ गरेका थिए  | 

बझाङको बुङ्गल नगरपालिका २  स्थित मल्ला बस्ति घर भएकि  २० बर्षिया ललीता कुमारी धामी  मंगलबार  मृत अवस्थामा भेटिएकि थिइन |  लछिबगर सडक खण्डको टाङ्का भन्ने ठाउमा सडकको छेउमै  मृत अवस्थामा भेटिए पछि स्थानीय र बिद्यार्थीहरु आक्रोसमा आएर तोडफोड गरेका हुन् | उनको बलत्कार पछि हत्या गरिएको स्थनीयले बताउदै आएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!