प्यालेस्टाइनी र इजरायलीबीचमा भएको झडपमा ४० जना घाइते

Posted on: 06 Jul, 2019

असार २१,  गाजा रासस/सिन्ह्वा । प्यालेस्टाइनी प्रदर्शनकारी र इजरायली सुरक्षाकर्मीका बीचमा भएको झडपमा परी कम्तीमा ४० जना घाइते भएका छन् । 

इजरायल र प्यालेस्टाइनको सीमा क्षेत्रमा पर्ने गाजामा शुक्रबार सयौँ प्यालेस्टाइनीहरुले प्रदर्शन गरेपछि इजरायली सुरक्षाकर्मीहरुले हस्तक्षेप गरेका थिए ।  

गाजास्थित स्वास्थ्य मन्त्रालयका प्रवक्ता अस्राफ अल क्वेद्राले ४० जना घाइते भएका र ती मध्ये २२ जनालाई गोली लागेको जानकारी दिनुभयो ।

गाजा क्षेत्रमा प्यालेस्टाइनीहरुले लामोसमयदेखि प्रदर्शन गर्दै आएका छन् भने, इजरायली सुरक्षाकर्मीहरुले त्यसलाई नियन्त्रण गर्ने तथा हस्तक्षेप गर्ने गर्दै आएका छन् । 

प्रत्यक्षदर्शीहरुले दिएको जानकारीअनुसार प्रदर्शनकारीहरुले प्यालेस्टाइनी झण्डा देखाउदै विभिन्न नारा लगाएका थिए ।  

प्रदर्शनमा झण्डै पाँच हजार प्यालेस्टाइनीहरु सहभागी भएको इजरायली सञ्चार माध्यमहरुले जनाएका छन् ।समाचारमा जनाइएअनुसार प्रदर्शनकारीलाई तितरवितर पार्न सुरक्षाकर्मीहरुले दर्जनौ पटक अश्रुग्यास प्रहार गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!