बिषादी परिक्षणमा रोकलगाएको भन्दै काठमाडौंमा नेविसंघको प्रदर्शन

Posted on: 07 Jul, 2019

असार २२, काठमाडौं | सरकारले  भारत  र तेस्रो मुलुकबाट आयातित हुने  फलफुल तथा तरकारीमा परिक्षण बन्द गरको भन्दै नेबिसंघले प्रदर्शन गरेको छ |  नेपालमा आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेको भन्दै नेविसंघले प्रदर्शन गरेको हो ।

भारतीय दबावमा विषादी परीक्षण रोकेको भन्दै नेविसंले सरकार जनताको पक्षमा टिक्न नसकेको आरोप लगाएको छ | काठमाडौँमा र्‍यालीसहितको प्रदर्शनमा नेविसंघले ‘जनतालाई विष खुवाउन पाइँदैन’ लगायतका नारा लगाएको थियो ।

र्‍याली बाल्मिकी क्याम्पसबाट सुरु भइ पुतली सडक चोकमा पुगेर समापन भएको थियो । र्‍यालीमा नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्ले लगायतका नेता कार्यकर्ताहरु सहभागी थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!