कञ्चनपुरका विभिन्न स्थानीय तहमा तालावन्दी

Posted on: 07 Jul, 2019

असार २२, कंचनपुर | नेत्र विक्रम चन्द( विप्लव) नेतृत्वको नेकपाले कञ्चनपुरका विभिन्न स्थानीय तहमा  तालाबन्दी गरेको छ। कञ्चनपुरका विभिन्न स्थानीय तह र  वडा कार्यालयमा गएराती तालाबन्दी गरेको हो ।

जिल्लाको भीमदत्त, वेदकोट, महाकाली, शुक्लाफाँटा, कृष्णपुर, बेलौरी नगरपालिका र बेल्डाँडी गाउँपालिकाको कार्यालय र वडा कार्यालयमा तालाबन्दी  गरेको हो। प्रहरीको सहयोगमा स्थानीय तहले ताला तोडेर कार्यालय सञ्चालन गरेका छन्। स्थानीय तहमा आर्थी अनियमितता र भ्रष्टाचार बढेकाले तालाबन्दी गरिएको विप्लव समूहले बताएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!