विषादीयुक्त फलपूल तथा तरकारीको आयात रोक्न माग

Posted on: 07 Jul, 2019

असार २२, काठमाडौँ | प्रतिनिधिसभाको आजको बैठकमा विषादीयुक्त फलपूल तथा तरकारीको आयात रोक्न सरकारको ध्यानाकर्षण भएको छ । सरकारले केही दिन पहिले भारतबाट आयातित फलपूmल तथा तरकारीमा विषादी परीक्षण गरी विषादीयुक्त भएको प्रमाणित गरेको थियो ।    

बैठकमा सांसदहरुले भारतीय दूतावासको दबाबपछि विषादीयुक्त फलपूल तथा तरकारी आयात खुला गरेको आरोप लगाएका थिए । बैठकको शून्य समयमा सांसद गगनकुमार थापाले सरकारले कसैको दबाबमा जनतालाई विष खुवाइरहेको आरोप लगाउनुभयो । 

सांसद गौरीशङ्कर चौधरीले भारतबाट आयात भइरहेको फलपूल तथा तरकारीको आयात रोक्न आग्रह गर्नुभयो । अर्का सांसद चित्रलेखा यादवले भारतबाट आयात भइरहेका फलपूल तथा तरकारीको विषादी परीक्षण गर्न सरकारको ध्यानाकर्षण गर्नुभयो । सांसद अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोक जिल्लाको जुगल र सुनकोशी गाउँपालिकामा पहिरोले जनधनको क्षति पुगेकाले घाइतेको शीघ्र उपचार र मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्नुभयो । उहाँले माथिल्लो भोटेकोशी नदी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गर्नुभयो । 

सांसद कृष्णप्रसाद दाहालले वातावरण खराब हुनेगरी बाटोघाटोको निर्माण कार्य रोक्नुपर्ने, कृष्णबहादुर राईले विश्वसम्पदा सूची मरुभूमिकरण बन्दै गएको, उमा रेग्मीले सुझबुझविना सरकारले विधेयक ल्याउने गरेको, कृष्णभक्त पोखरेलले राजमार्गमा यातायातका साधन रोकी यातायात कर उठाउने कार्य अवैज्ञानिक भएको, खेमप्रसाद लोहनीले सीतापाइला धार्के सडकको तत्काल निर्माण गर्न सरकारको ध्यानाकर्षण गर्नुभएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!