बैतडी प्रहरीद्धारा २ बालबालिकाको उद्धार गरी अभिभावकको जिम्मा लगाइयो

Posted on: 08 Jul, 2019

कृष्ण बिष्ट | असार २३, बैतडी | जिल्ला प्रहरी कार्यालय बैतडीले बालमजदुरको रुपमा भारत तर्फ गरीरहेका २ बालकलाई उद्धार गरि अभिभावकको जिम्मा लगाएको छ । 

दार्चुलाको मालिकार्जुन गाउपालिका २ भगवती न्वालि पानिका १५ वर्षीय गौरव धामी र सोहि ठाउका महेस सिह धामीलाई उद्धार गरि परिवराको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

कामको सिलसिलामा भन्दै भारतको पिथौरागड  जादै गरेका ति बालकहरुलाई जिल्ला सदरमुकाम गोठलापनिबाट उद्धार गरी अभिभावकको जिममा लगाइएको डिएसपी डिल्ली नारायण पाण्डेले जानकारी दिनुभयो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!