आगामी दुई दिनको मौसम कस्तो रहनेछ ( हेर्नुहोस )

Posted on: 08 Jul, 2019

असार २३, काठमाडौँ | आज  देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली  हुने मौसम  पूर्वानुमान महाशाखाले जनाएको छ | महाशाखाका अनुसार  देशका धेरै भू-भागहरुमा वर्षाको सम्भावना, एक दुई स्थानहरुमा भारि वर्षाको संभावना रहेको छ |

 सोमबार राति भने देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहने छ | देशका धेरै भू-भागहरुमा वर्षाको सम्भावना र थोरै स्थानहरुमा भारि वर्षाको संभावना रहेको छ |

असार २४ गते (मंगलवार)  दिउसो देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ।

देशका धेरै भू-भागहरुमा वर्षाको सम्भावना छ। देशको थोरै स्थानहरुमा भारि वर्षाको संभावना रहेको छ भने राति देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। 

देशका धेरै भू-भागमा वर्षाको सम्भावना रहेको र  थोरै स्थानहरुमा भारि वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!