आक्रमणमा चार प्रहरी मारिए

Posted on: 08 Jul, 2019

असार २३, ऐजेन्सी |  अफगानिस्तानको बाघलान प्रान्तको प्रान्तीय राजधानी  पुल  ए खुम्रीको बाहिरी इलाकामा रहेको एक सुरक्षा जाँचचौकीमा सोमबार भएको आक्रमणमा कम्तीमा चार प्रहरी अधिकारी मारिएका छन् । 

प्रान्तीय राजधानी पुल ए खुम्रीको  उप प्रमुख शामसुल हकले उक्त जानकारी दिनु भएको । 

बाबा नगर क्षेत्रमा रहेको उक्त जाँचचौकीमा भएको यस आतङ्ककारी आक्रमण भएपछि प्रहरी र आतङ्ककारीबीच भएको दोहोरो गोली हानाहानमा परी चार सुरक्षा अधिकारीहको मृत्यु  हुनुको साथै अन्य आठ घाइते भएका हकले प्रष्ट  पार्नु भएको छ ।  यस झपडको प्रहरी स्रोतले पुष्टि गरेको तर यसको विस्तृत विवरण भने दिइएको छैन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!