जुम्लामा घरबास सञ्चालकलाई तालीम

Posted on: 08 Jul, 2019

असार २३, जुम्ला | जुम्लामा पर्यटकको सङ्ख्या बढ्न थालेपछि त्यहाँका २५ वटा होमस्टे (घरबास) सञ्चालकलाई खाद्य स्वच्छतासम्बन्धी तालीम दिइएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले आयोजना गरेको तीनदिने सो तालीममा होमस्टेमा आउने आन्तरिक तथा बाह्य पर्यटनको बसाइँ बढाउन र स्वच्छ परिकार बनाई उनीहरुको मन लोभ्याउनका लागि अवलम्बन गर्नुपर्ने उपायका सम्बन्धमा जानकारी दिइएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताउनुभयो ।

जुम्ला पर्यटनको पर्यटका लागि आकर्षणको क्षेत्र भएकाले यहाँको प्राकृतिक वातावरणसँगै उनीहरूको बसाइँ लम्ब्याउन खाना, खाजा र बसोबासको व्यवस्थाबारे ध्यान दिन तालीम आयोजना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख अमित भुषण सुमनले जानकारी दिनुभयो ।

जय होमस्टे सञ्चालक मागे रावतले सञ्चालकले पर्यटक खानादेखि बाससम्म अकर्षण गर्न सक्नुपर्नेमा जोड दिनुभयो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!