डोटीमा सर्पले टोकेर एक जनाको मृत्यु

Posted on: 08 Jul, 2019

असार २३, डोटी | सर्पको टोकाई बाट डोटीमा एक जनाको  मृत्यु भएको छ। सोमबार बिहान  डोटीको पुर्वीचौकी गाउँपालिका वडा नम्बर ४ सानागाउ गिरी टोल बस्ने २२ वर्षीय पुर्णराज गिरिको सर्पको टोकाईबाट मृत्यु भएको हो ।

 आइतबार राति गाई गोठमा घाँस हाल्न जाने बेला सर्पले टोकेको  जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ | राती धामीझाँक्री गरेर उनलाई उपचारका लागि सोमबार बिहान मात्र अस्पताल लगिएको डोटीका स्थानीयले बताएका छन् | 

अस्पताल पु¥याउदा उनको मृत्यु भईसकेको जिल्ला अस्पताल डोटीले बताएको छ । यस अघी पनि असार १८ गते मात्र जिल्लाको शिखर नगरपालिका वडा नम्बर २ कालागाडकी जमुना देवी कार्कीको समेत सर्पको टोकाई बाट मृत्यु भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!