बझाङका मुकेशराज जोशी गिनिज बुकमा नाम लेखाउँने तयारीमा

Posted on: 08 Jul, 2019

असार २३, काठमाडौँ | बझाङको जयपृथ्वी नगरपालीका वडा नँ ८ जोसिगाँउका मुकेसराज जोशी गिनीज बुकमा नाम लेखाउने तयारीमा जुटेका छन् ।

जोसिले  गिनीज वुकमा नाम लेखाउन १ सय २१ घण्टा लामो समयसम्म पुस्तकहरु पढेर जोशीले गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउने तयारीमा रहेको उनका आफन्तहरुले बताएका छन । 

१ सय २१ घण्टा लामो सयमसम्म किताब पढ्ने जोशीले इतिहास, नेपाली भागवत गिता पुराण लगाएत विभिन्न प्रख्यात व्यक्तिहरूको जीवनी तथा अन्य किताबहरू पढ्ने बताएका छन ।

 यसभन्दा अगाडि यो विधामा नेपालकै दीपक शर्माको नाम थियो, उनले १ सय १३ घण्टासम्म बिभिन्न बिधाका पुस्तकहरु पढेर सन् २००८ मा गिनिज बुकमा नाम लेखाएका थिए भने केही दिन अधिमात्र नाइजेरीयाका एक युवकले १ सय २० घन्टा पढेर शर्माको ब्रेक तोडेका थिए तर उनले प्रक्रिया नमिलेर प्रमाण पाउन भने सकेका छैनन् । फेरी नेपालको प्रतिनिधित्व गदै जोशी तयारी अवस्थामा रहेका छन । 

मुकेशले गिनिज बुकमा नाम लेखाउन स्वीकृति समेत पाईसकेका छन । जोसिका अनुसार भदौ २३ गते काठमान्डौमा आफू वर्ल्ड रेकर्ड जजहरुका सामु उपस्थित हुने बताए । साथै आफ्नो आर्थिक अवस्था कमजोर भएका कारण सवैलाई सहयोग गर्न पनि उनले आग्रह गरेका छन् । जोशि अहिले काठमाडौँको रोयल क्यासीनोमा काम गर्दै आएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!