नुवाकोटमा राष्ट्रपति रनिङ शिल्ड जिल्लास्तरीय छनोट प्रतियोगिता आजदेखि शुरु

Posted on: 08 Jul, 2019

असार २३, विदुर । एघारौँ राष्ट्रपति रनिङ शिल्ड जिल्लास्तरीय छनोट प्रतियोगिता आजदेखि नुवाकोटमा शुरु भएको छ । 

त्रिभुवन त्रिशूली माविको खेल मैदानमा शुरु भएको प्रतियोगिताको उद्घाटन सांसद नारायणप्रसाद खतिवडाले गर्नुभएको थियो । उहाँले खेलकूदलाई स्थानीय तहले प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा जिल्ला खेलकूद विकास समितिका सदस्य तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का जिल्ला उपाध्यक्ष उद्धव पनेरुले सबै स्थानीय तहले खेलकूदमा लगानी गरी खेलाडीलाई आत्मनिर्भर बनाउनुपर्ने बताउनुभयो । 

कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति सन्तमान तामाङ, विदुरनगरपालिका नगर प्रमुख सञ्जु पण्डित, प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेललगायतले युवा पुस्ताले पढाइसँगै खेलकूदलाई सँगसँगै लैजानुपर्ने बताउनुभयो । प्रतियोगितामा जिल्लाका नौ स्थानीय तहका विभिन्न विद्यालयका भलिबल, कबड्डी, तेक्वान्दो, उसु, कराते, एथलेटिक्सलगायतका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!