हेटौंडामा करेन्ट लागेर एक जनाको मृत्यु

Posted on: 09 Jul, 2019

असार २४, हेटौडा  | मकवानपुरमा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ। मकवानपुरको मनहरी गाउँपालिका ६ रुपाचुरीमा करेन्ट लागेर एक जना किशोरको मृत्यु भएको हो।  साेमबार साढे ८ बजे मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर रुपाचुरीका १६ वर्षीय सञ्चलाल प्रजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। विद्युतीय लाइनमा मोवाइल चार्ज गर्ने क्रममा एक्कासी करेन्ट प्रवाह हुँदा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!