द्वन्द्वकालमा नेपाली सेनाबाट भागेका सैनिकहरूलाई कारवाही गर्ने निर्णयलाई मान्यता

Posted on: 09 Jul, 2019

असार २४, काठमाडौँ |  सर्वोच्च अदालतले द्वन्द्वकालमा नेपाली सेनाबाट भागेका सैनिकहरूलाई कारवाही गर्ने निर्णयलाई मान्यता दिएको छ ।

न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले आज द्वन्द्वकालमा भागेका पूर्वसैनिक झलकुमार भगत र सिंहबहादुर शाहीलाई कारवाही गर्न मान्यता दिएको फैसला गरेको हो । द्वन्द्वकालमा भागेका पूर्वसैनिकद्वय भगत र शाहीलाई समरिक जनरल सैनिक अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । सो फैसलाविरुद्ध भगत र शाहीले सैनिक विशेष अदालतमा पुनरावेदन दिनुभएको थियो । सो अदालतले समरिक सैनिक अदालतकै फैसलालाई सदर गरेको थियो । 

उक्त फैसलाको चित्त नबुझेपछि पूर्वसैनिकद्वयले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गर्नुभएको थियो । सर्वोच्च अदालतको आजको फैसलाले कारवाही गर्न मान्यता दिएको हो । द्वन्द्वकालमा सेनाबाट भागेर माओवादीमा प्रवेश गरेका दुवै जनालाई द्वन्द्व समाप्त भएपछि सेनाले कारवाही गरेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!