क्यानडाका लागि उडेका ३ नेपाली चीनबाट फर्किए, नेपालको विमानस्थलमाथि गम्भीर प्रश्न

Posted on: 10 Jul, 2019

असार २५, काठमाडौँ | क्यानडा जान काठमाडौँबाट उडेका तीन जना नेपाली युवाहरु चीनबाट उड्न पाएनन् । ट्रान्जिट रहेको चीनको गोन्जाओबाट तीनै जनालाई नक्कली भिषाको कारण देखाई अघि बढ्न नदिएको पाइएको छ । तर नक्कली भिषा भन्ने कुरा नेपालको बिमानस्थलले किन पहिचान गर्न सकेन भन्ने कुराको छानवीन हुँदैछ । 

क्यानडाका लागि उडेका उनीहरुको ट्रान्जिट चीनको गोन्जाओमा परेको थियो तर त्यहाँको अध्यागमनले उनीहरुलाई रोक्यो । गत बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डिपार्चर छाप लगाएर सिर्जन गौतम, निरन्जन पराजुली र प्रकाश भुसाल क्यानडाका लागि उडेका थिए । तर चीनमा उनीहरु क्यानडाको नक्कली भिसा लगाएर आएको कारण देखाई अध्यागमन अधिकारीहरूले उनीहरूलाई फर्काइदिएको समाचार छ । 


घटनापछि नेपालको एकमात्र विमानस्थल त्रिभुवन बिमानस्थलको काम गराईमा प्रश्न चिन्ह खडा भएको छ । नेपाल एयरपोर्टमा सक्कली र नक्कली भिसासमेत नछुट्याई कसरी अध्यागमन अधिकृतले उडान अनुमति दिए भन्ने गम्भीर प्रश्न खडा भएको छ । यो विषयमा नेपालको अध्यागमन कार्यालयले छानबीन सुरु गरेको जनाएको छ । छानविनमा २ जना अधिकारिहरु तानिएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!