आज तुलसी रोप्ने दिन, घर आँगनमा तुलसी रोप्नुका फाइदा जान्नुहोस्

Posted on: 12 Jul, 2019

असार २७, काठमाडौँ | घरको आँगनमा रोपिएको तुलसीलाई विष्णु भगवान्‍को अवतारका रूपमा पूजा गर्ने चलन छ। त्यसै गरी हिन्दु परम्परा अनुसार असार शुक्ल एकादशी शुक्रबार तुलसी रोपण गरेर ठूली एकादशी मनाइँदैछ ।

 भगवान् विष्णु चार महिनाका लागि जल शयनीमा रहने शास्त्रीय मान्यताअनुसार तुलसी रोपण गरेर व्रत बसेर यो पर्व मनाइन्छ | एक महिना अघि जेठ शुक्ल एकादशी (निर्जला एकादशी)का दिन छरिएको बिउ तयार भएर आजको दिन रोपण गरिन्छ। 

यो एकादशीपछि हरिबोधनी एकादशीका दिनसम्म शुभकार्य नगर्नु भन्ने ज्योतिषीय मान्यता छ । यो अवधिमा ज्योतिषले शुभकार्यको घडीपला तोक्ने गर्दैनन् ।

तुलसीलाई आयुर्वेदमा महत्त्वको वनस्पतिका रूपमा व्याख्या गरिएको पाइन्छ । तुलसी अत्याधिक र शुद्ध अक्सिजन फ्याक्ने बनस्पति मध्य एक हो। यसले मानिसको शरीरलाई शुद्ध हावा दिएर घर आगनमा स्वस्छ बनाउछ | मानिसमा संक्रमण हुने विभिन्न प्रकारका रोगहरु लाई प्रवेस गर्न दिदैन भन्ने मान्यता पनि छ | 

मानिसको पेट सम्बन्धि समस्यालाई पनि यसले निको गर्न मदत गर्छ |

पशुपतिमा शुक्रबार आर्यघाट बागमतीमा तुलसीको डोरो राख्ने चलन छ । अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलका अनुसार आर्यघाटमा अमालबाट तुलसीको बिरुवा दिएर रोपण आयोजना भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!