मध्यरातमा १३ दिने नवजात शिशु चोरेर दिल्लीतिर

Posted on: 12 Jul, 2019

असार २७, काठमाडौं । बुधबार मध्यरात १३ दिने नवजात शिशु चोरी भयो । त्यही पनि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसूति कक्षबाटै । जब आमाले छोरो हराएको थाहा पाइन् तर हल्लीखल्ली मच्चियो । 

त्यसको तीन घण्टामै प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिई बच्चा आमाबुबाको जिम्मा लगाएको छ । 

सुनसरी भोक्राहा नर्सिङ–१ की बबिता मेहताले असार १३ मा छोरो जन्माएकी थिइन् । शल्यक्रिया गरी प्रसुति गराइएको थियो । स्वास्थ्य अवस्था कमजोर भएपछि उनलाइृ अस्पतालमै राखिएको थियो । 

बुधबार बिहानसम्म उनका श्रीमान् दीपनारायण हेरचाहमा खटिएका थिए । राति भने भतिज रोशनलाई रेखदेखको जिम्मा लगाई उनी घर गएका थिए । बबिता र रोशन निदाएका बेला शिशु चोरी भएको हो । 

बिउँझिदा बच्चा नदेखेपछि बबिताले रोइकराइ गरेकी थिइन् । त्यसपछि प्रतिष्ठानका डाक्टर र नर्सले त्यसबारे चाल पाएका थिए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रत्नप्रसाद आचार्यले लेखेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!