बाढीले पूर्व–पश्चिम राजमार्ग ठप्प , रौतहटमा आधा दर्जन बस्ती डुवानमा

Posted on: 12 Jul, 2019

असार २७,  रौतहट । हिजो राति देखिको अविरल  वर्षापछि आएको बाढीले रौतहटको जनजीवन प्रभावित भएको छ । बाढीले लाल बकैया नदीले  बन्जरहाको बाँध कटान गर्दा आधा दर्जन बस्ती डुवानमा परेका छन् । भने पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ | 

अविरल वर्षापछि चन्द्रपुर लच्कामा आएको बाढी सडकमा पसेपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएसँगै दुवैतर्फका सवारी गन्तव्यमा जान नसकेर रोकिएको जानकारी रौतहट प्रहरीले दिएका छन् | 

वर्षा जारी रहेकाले सडकमा देखिएको अवरोध हटाएर सञ्चालनमा ल्याउन कठिनाइ भएको छ | लाल बकैया नदीले रौतहटको बन्जरहाको बाँधमा कटान गरेको छ । बाँधमा क्षति पुगेसँगै बन्जरहा, औरैया, बेलबिछ्वा, बडहरवाका बस्तीहरू डुवानमा परेका छन् । 

 यसैबीच, रौतहटको गढीमाई नगरपालिका–३ लक्ष्मीपुरमा बागमतीले बाँध भत्काएको छ । भत्किएको बाँधको पानीले नगरपालिकाका लक्ष्मीपुर, धर्मपुर, पकहा, रजवाडालगायतका वडाहरु जलमग्न भएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!