त्रिभुवन विमानस्थलमा अवतरण गर्दै गरेको जहाज चिप्लिएर 'ट्याक्सी वे'मा पुग्यो, उडान/अवतरण ठप्प

Posted on: 12 Jul, 2019

असार २७, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट चिप्लिएर यति एयरको जहाज ट्याक्सी वेमा पुगेको छ ।

नेपालगञ्जबाट काठमाडौँ आएको उक्त यति एयरको बिमान नम्बर एनवाइटी-४२२ को एटीआर जहाज अवतरणको क्रममा शुक्रबार बिहान ११ बजेर ५ मिनेट जाँदा धावनमार्गबाट चिप्लिएको हो । जहाजभित्र ६६ यात्रु चालक र तीन जना चालक दलका सदस्यसहित ६९ जना रहेका थिए ।

विमानस्थल प्रवक्ता प्रताप तिवारीका अनुसार जहाजका दुई यात्रु सामान्य घाइते भएका छन् भने अरूलाई सकुशल उद्धार गरिएको छ । धावनमार्गमा जहाज चिप्लिएपछि अहिले विमानस्थलमा उडान र अवतरण दुवै काम बन्द भएको विमानस्थल स्रोतले जनाएको छ ।

विमान स्थलका प्रवक्ता तिवारीका अनुसार अहिले आपतकालीन संयन्त्रलाई सुचारू गरेर उद्धार कार्य भइरहेको छ । वर्षाका कारण अवरुद्ध विमानस्थल सञ्चालनमा आउन केही समय लाग्ने बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!