पहिरोमा परी तीन जना बेपत्ता

Posted on: 13 Jul, 2019

असार २८, भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्याङको तुनीटाङमा आज बिहान गएको पहिरोमा_ तीन बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा ३६ वर्षीया मानकुमारी राई, १७ वर्षीय शिव राई र १५ वर्षीय शक्ति राई रहेको प्रहरीले जनाएको छ ।

प्रहरी र स्थानीयवासीबाट उनीहरुको उद्धारको प्रयास भइरहेको छ । पहिरो पन्छाउन गाउँपालिकाबाट गएको स्काभेटर सडक बिग्रेका कारण पुग्न नसकेपछि फर्किएको गाउँपालिका अध्यक्ष विजय राईले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!