बाढी र पहिरोमा परेर २८ को मृत्यु, १६ बेपत्ता

Posted on: 13 Jul, 2019

असार २८, काठमाडौँ  । अबिरल वर्षापछि मुलुकका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी अहिलेसम्म २८ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १६ जना बेपत्ता भएका छन् भने ११ जना घाइते भएका प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिनुभयो ।

बाढी पहिरोमा परी काठमाडौँ, खोटाङ, ललितपुर र काभ्रेमा तीन÷तीन, भोजपुर, मकवानपुर, धादिङ र सिन्धुलीमा दुई÷दुई तथा ओखलढङ्गा, पर्सा, रामेछाप, इलाम, झापा, सुनसरी, बारा र चितवनमा एक÷एक गरी २८ जनाको ज्यान गएको हो । काठमाडौँमा ४२, उदयपुरमा १०, ललितपुरमा तीन, सिन्धुलीमा चार, सिराहमा दुई, भक्तपुर, सुनसरी र मकवानपुरमा एक÷एक जना गरी ६४ जनाको सकुशल उद्धार गरिएको छ । बाढी पहिरोबाट ठूलो मात्रामा धनमालसमेत क्षति भएको छ ।

साथै मकवानपुरमा तीन, काभ्रेमा दुई तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन एक÷एक जना गरी ११ जना घाइते भएका छन् । सिन्धुलीमा चार, भोजपुरमा तीन तथा काठमाडौं, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, धादिङमा एक÷एक जना गरी १६ जना वेपत्ता भएका छन् ।

बाढी तथा पहिरोबाट प्रभावित सम्पूर्ण स्थानमा सुरक्षा निकाय  परिचालन गरी उद्धार तथा बेपत्ताको खोजी कार्य जारी प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक थापाले जानकारी दिनुभयो । विभिन्न स्थानमा भएको बाटो अवरोधसमेत हटाउने कार्य जारी रहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!