रामेछापको माकादुम गाविस पूर्ण साक्षर र पूर्ण खोपयुक्त गाविस घोषणा

Posted on: 22 Jan, 2016

प्रज्वल पौडेल - माघ ८, रामेछाप । रामेछाप जिल्ला माकादुम गाविसलाई शुक्रबार पूर्ण साक्षर र पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको छ । गाविस सचिव रमिता माझीको अध्यक्षता तथा पूर्व माननिय सभासद तारानारायण श्रेष्ठको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा बोल्दै सभासद एवंम् एमाओवादी नेता श्रेष्ठले स्थानिय स्तरबाट यसरी नै विकासका कार्यक्रम सुरु गर्दै गए चाडै नै विकसित देशको स्तरमा पुग्न सक्ने बताए । त्यसैगरी कार्यक्रममा जिल्ला शिक्षा अधिकारी खुबिराम अधिकारी, जिल्ला स्वास्थ्य प्रमुख प्रकाश यादवले पहिलेको तुलनामा स्वास्थ्य र शिक्षाको क्षेत्र अगाडि बढेको बताए । उनीहरुले स्वास्थ्य क्षेत्रको विकासको लागि स्थानिय स्तरबाट प्रयास निरन्तर जारी राख्नुपर्ने बताएका छन् ।

कार्यक्रममा गाविसलाई साक्षर र पूर्ण खोपयुक्त घोषणा गर्दै गाविसका स्वयम्सेविका र विद्यालयलाई धन्यवादका साथमा प्रमाण पत्र वितरण गरिएको थियो । कार्यक्रमको अवसरमा ९० बर्ष नाघेका ३ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!