सुदूरपश्चिम प्रदेशमा वित्तीय साक्षरता अभियान शुरु "एक व्यक्ति एक खाता"

Posted on: 14 Jul, 2019

असार २९, धनगढी | एक व्यक्ति एक खाता‘कार्यक्रम सञ्चालन गर्ने प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति बमोजिम सुदूरपश्चिम प्रदेशमा वित्तीय साक्षरता अभियान शुरु गरिएको छ । 

  प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रत्येक नागरिकलाई वित्तीय साक्षरता प्रदान गर्ने उद्देश्यले अभियानको थालनी गरेको हो । शनिबार यहाँ आयोजित कार्यक्रममा आन्तरिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले वित्तीय साक्षरता सम्बन्धी हाते पुस्तिका सार्वजनिक गर्दै वित्तीय साक्षरता अभियान प्रारम्भ गर्नुभयो ।

अभियान अन्तर्गत प्रदेशका सबै ८८ वटा स्थानीय तहका लक्षित वित्तीय संस्था र स्थानीय तह, समुदायमा यो अभियान सञ्चालन गर्न लागिएको जनाइएको छ । ‘अभियान अन्तर्गत प्रत्येक नागरिकलाई हाते पुस्तिका उपलब्ध गराएर सचेतना फैलाउन लागिएको छ, बोहराले भन्नुभयो, “यसवाट नागरिकलाई बैंक खाता खोल्न उत्प्रेरित गराई आर्थिक गतिविधि तर्फ डो¥याउन टेवा पुग्ने छ ।”

 वित्तीय साक्षरता सम्बन्धी हाते पुस्तिकामा बैंक तथा वित्तीय संस्था, सहकारी, बीमा, पूँजी बजार, खाता खोल्ने, कारोवार गर्ने, लगायतका विषयमा विस्तृत जानकारी दिइएको छ । पुस्तिकाको अध्ययनले वित्तीय अनुशासन कायम गर्न तथा आर्थिक कानूनी ज्ञानसमेत प्रदान गर्नमा योगदान पु¥याउने विश्वास गरिएको छ ।

मन्त्रालयका सचिव गोपालप्रसाद अर्यालले पुस्तिकामा वित्तीय साक्षरता सम्बन्धी विभिन्न ५८ वटा प्रश्नको जवाफ उल्लेख गरिएकोले यसवाट वित्तीय अभ्यासलाई सशक्तीकरण गर्न मद्दत पु¥याउने बताउनुभयो । प्रदेशका ८८ स्थानीय तहमध्ये छ वटामा स्थानीय तहमा बैँक तथा वित्तीय संस्थाको पहुँच पुग्नसकेको छैन । 

सुदूरपश्चिम प्रदेशमा वित्तीय साक्षरताको अवस्था कमजोर रहेको छ । कूल जनसङ्ख्याको ६० प्रतिशत भन्दा बढी जनसङ्ख्या वित्तीय पहुँच भन्दा बाहिर रहेको अनुमान गरिएकोमा बाहिर रहेका नागरिकलाई वित्तीय पहुँचमा पु¥याउन जरुरी रहेको मन्त्री बोहराले बताउनुभयो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!